जिप्रका कास्कीलाई लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघको कम्प्युटर र प्रिन्टर सहयोग

पाेखरा | भदौ ३१, २०८२

जिप्रका कास्कीलाई लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघको कम्प्युटर र प्रिन्टर सहयोग

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु लामा, सल्लाहकार जयकुमार परियार, दोहोरी व्यवसायी ठागु गुरुङ, भोज गुरुङ र निस्चल गुरुङले सँयुक्त रुपमा ३ थान कम्प्युटर र २ थान प्रिन्टर सहयोग हस्तान्तरण गरेको हो ।
 

सँघका अध्यक्ष जीवन गुरुङले आन्दोलनकारीले जिप्रका कास्कीमासमेत तोडफोड तथा आगजनी गरी नागरिकको हितविपरित कार्य गरेको भन्दै दुख व्यक्त गरे । 

 

नागरिकको शान्ति सुरक्षासँग जोडिएको कार्यालयमा आक्रमण गरिनु दुखद रहेकाे बताउँदै तत्काल कम्प्युटर तथा प्रिन्टर अभाव देखिएकाले सहयोग गरेको बताए ।

 

‘प्रहरी कार्यालय भनेको जनताको सुरक्षासँग प्रत्यक्ष जोडिएको कार्यालय हो । यति कुरा पनि हेक्का नराखिकन ध्वस्त पार्नु भनेको निकै दुखद कुरा हो, उनले भने, ‘सबै ध्वस्त भएको खबरपछि हाम्रो संस्थाले तत्काल आवश्यक महसुस गरी कम्प्युटर र प्रिन्टर सहयोग गरेका हौं । यसले केही हदसम्म मलम लगाउने विश्वास लिएका छौं ।’

 

उनले आगामी दिनमासमेत कास्की प्रहरीसँग समन्व्य गर्दै समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

 

सरकारविरुद्ध गत २३ र २४ गते जेनजीको ​नाममा सडकमा उत्रेको आन्दोलनकारीकाे समूहले जिल्ला प्रहरी कार्यालयमा तोडफोडसहित आगजनी गरेको थियो । 

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्

पोखरा:   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

थप पढ्नुहोस्